तस्बिरमा कीर्तिपुरकाे सुकुमवासी होल्डिङ सेन्टर

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले स्थायी बसोबासको माग गरेका छन्। जिल्ला प्रशासन र बागमती सभ्यता एकीकृत विकास समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेपछि सुकुमवासीले विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन्।

समितिले त्यहाँ रहेका सुकुमवासीहरूसँग बैंक खाताको विवरण माग गरे पनि सुकुमवासीहरूले आनाकानी गरिरहेका छन्। प्रशासनले होल्डिङ सेन्टरबाटसमेत हटाउनका लागि बैंक विवरण मागेको उनीहरूको बुझाइ रहेको पाइएको छ।

स्थायी विकल्प नदिई होल्डिङ सेन्टरबाट हटाए विकल्पविहीन हुने भन्दै उनीहरूले पहिले नै बसोबास गरेको ठाउँमै छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार