धादिङका किसानलाई ‘कृषि एम्बुलेन्स’

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण

धादिङको नीलकण्ठ नगरपालिका– ८ मा रहेको आँकुरा कृषि तथा पशुपक्षी सहकारी संस्था लिमिटेडले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। कृषिजन्य उत्पादन संकलन तथा बिक्री–वितरणमा सहज बनाउन सहकारीले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। 

कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पादनको सहज संकलन तथा बजारीकरणका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको आँकुरा कृषि तथा पशुपक्षी सहकारीका अध्यक्ष शम्भु श्रेष्ठले बताए। ‘कृषि एम्बुलेन्स’ खरिदमा ३२ लाख खर्च भएको छ। कृषि एम्बुलेन्ससँगै एउटा स्कुटर पनि लिएका छौँ,’ उनले भने, ‘नाै लाख रुपैयाँ एक्सन नेपाल र हेफर इन्टरनेसनलको सहयोग रहेको छ भने करिब २३ लाख रुपैयाँ सहकारीले व्यहोरेको हो।’ 

आँकुरा कृषि तथा पशुपक्षी सहकारी संस्था लिमिटेडले सुरु गरेको कृषि एम्बुलेन्सले धादिङको कृषि तथा पशुपालनले फड्को मार्ने नीलकण्ठ नगरपालिका– ८ का वडाध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले बताए।

‘कृषकबाट उत्पादित तरकारी, फलफूल, दुध, माछा, मासुलगायत कृषि तथा पशुजन्य उत्पादन संकलनले बजार पाएका छैनन् । किसान मारमा परेका छन्। तर, अब किसानले उत्पादन गरेका वस्तु सहज बिक्री–वितरण हुने र उचित मूल्य पाउने वातावरण बनेको छ ।’ 

धादिङभरका उत्पादन संकलन तथा बिक्री–वितरण गर्दै आएको छ । नेपालका प्रमुख सहरलगायत कतारमा समेत कृषिजन्य उत्पादनहरू निर्यात गरिएको छ । निकट भविष्यमा चिस्यान केन्द्रसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले बताए । 
 

सुझावित समाचार