- हजारौँ वर्षअगाडि फरक सभ्यताको विकास भएको इरानका खेलाडीले आयोजक अमेरिकाले उनीहरूविरुद्ध लगाएका सबै नियम पालना गरिरहेका छन्
चालू विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र इरानले समूह ‘जी’मा युरोपकै बलियो राष्ट्र बेल्जियमलाई गोलरहित बराबरीमा रोक्यो । बेल्जियम र इरानबिचको खेलमा लस एन्जलसमा भएको थियो । विश्वकपको पूर्वसेमिफाइनलिस्ट बेल्जियमविरुद्ध बहादुरी प्रदर्शन र ७४ शब्दको धन्यवादपत्रका कारण इरानको चर्चा भइरहेको छ ।
लस एन्जलस रंगशालाको ड्रेसिङ रुममा इरानी खेलाडीले संयुक्त रूपमा आयोजकलाई धन्यवाद दिँदै पत्र छाडेका हुन् । नीलो रङमा लेखिएको ७४ शब्दको धन्यवादपत्रमा धेरै अर्थ बोकेको एजेन्सीहरूले जनाएका छन् । खेलाडीहरूले ड्रेसिङ रुमको लकर रुममा छाडेको पत्रमा भनेका छन्, ‘लस एन्जलस सहर र रंगशालालाई धन्यवाद छ,’ पत्रमा भनिएको छ, ‘हामीले यहाँ नसोचेको सम्मान र आतिथ्य पायौँ ।’
आयोजक अमेरिकी प्रशासनले इरानी टोलीमाथि फरक नियम बनाएको छ । इरानले खेलेको दिनै मेक्सिको फर्कनुपर्छ । खेल अमेरिकामा भए पनि इरान भने मेक्सिकोमा होटेलमा बसेको छ । खेल भएको दिनमा इरानी टोली अमेरिका आउने र त्यसै दिन फर्कनुपर्ने नियम इरानले पालना गर्नुपर्छ । यो नियमअनुसार इरानले अमेरिकामा दुई खेल खेल्यो । इरानले पत्रबाट अमेरिकालाई मानव सम्यताको विकास क्रम बुझाउने प्रयास गरेको छ । हजारौँ वर्षअगाडि इरानमा मानव सभ्यताको विकास भएको उल्लेख पत्रमा छ । ‘इरानमा हजारौँ वर्षअगाडि नै मानव सभ्यताको विकास भइसकेको थियो । पर्सिया सभ्यता अनुसरण गरेको हामी इरानी आज सबै किसिमको चुनौती सामना गरी अगाडि बढिरहेका छौँ,’ ड्रेसिङरुमको लकरमा राखिएको पत्रमा उल्लेख छ, ‘आज इरान जुन स्थानमा छ । त्यो सबै पर्सिया सभ्यताकै कारण सम्भव भएको हो, साथसाथै इरानको आत्मजीवन र स्थिर रहन्छ ।’
गर्वका साथ अमेरिका आएको
विभिन्न किसिमका नियम आफूहरूमाथि लागू भए पनि अमेरिकामा गौरव बढाउन आएको इरानी खेलाडीहरूले गरेका छन् । ‘लस एन्जलसमा हामी गर्वका साथ आएका छौँ । यहाँ प्रतिस्पर्धा गरिरहेका छौँ । हामी आफ्नो कामप्रति गर्व गर्छौँ,’ पत्रमा लेखिएको छ, ‘इरानलाई पाहुनाप्रति राम्रो व्यवहार गरेको आयोजक सहर लस एन्जलसलाई धन्यवाद छ ।’ उनीहरूले सम्मानका साथ अमेरिका छाडेको जनाएका छन् ।
मैदानमा १८० मिनेट
इरानले दुईवटा खेल खेल्दा १८० मिनेट मैदानमा बिताएको छ । लस एन्जलसको रंगशालामा इरानीहरूलाई नसोचेको समर्थन पाएको छ । रंगशालामा इरानी मात्र नभएर अन्य राष्ट्रका समर्थकहरूले पनि इरानलाई समर्थन गरिरहेका छन् । इरानी टोलीले यसप्रति धन्यवाद दिएको छ । उनीहरू लेख्छन्, ‘यो १८० मिनेट इरानका लागि आफ्नो हृदय, आवाज र आत्मा दिने प्रत्येक इरानीलाई धन्यवाद छ । अझ हामीलाई समर्थन गर्ने अन्य समर्थकलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ इरानले सबै राष्ट्रहरूमा शान्ति, सम्मान र मित्रता कायम हुनुपर्ने आग्रह गरेको छ ।
प्रशिक्षणमा समस्या झेल्दै
अमेरिकाको नीतिका कारण इरान प्रतिस्पर्धा गरेको दिन मेक्सिको फर्कनुपर्छ । आयोजक राष्ट्रको यो भेदभाव कार्यले उनीहरूको दैनिक प्रशिक्षणमा समस्या छ । न्युजिल्यान्डसँगको पहिलो खेलपछि विशेष विमानबाट इरानी खेलाडी मेक्सिको फर्केको थियो । इरानका कप्तान मेहल्दीले खेल समाप्तिको केही घण्टापछि फर्कँदा त्यसको असर प्रशिक्षणमा परेको बताए । ‘एक किसिमले सबै खराब छन् । हामीमाथि भेदभाव भइरहेको छ । लामो हवाई यात्रापछि प्रशिक्षण गर्दा खेलाडी थाकेका देखिन्छन्,’ कप्तान मेहदीले भने, ‘आरामविना नै अर्को खेलको तयारीमा लाग्नुपर्छ ।’
उनले आयोजक वा फिफाले जस्तो नियम इरानमाथि लागू गरे पनि इमानदारपूर्वक पालना गर्ने बताए । ‘हामीले लस एन्जलस छाड्नुपर्छ । यो हाम्रा लागि राम्रो छैन । यो फुटबलका लागि पनि राम्रो होइन किनभने तपाईं विश्वकप खेलिरहेको टोली हो,’ उनले भने ।