सुनचाँदीको मूल्य बढ्यो

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा दुई लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार भने चाँदी तोलामा चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो । 

सुझावित समाचार