कृषिमा अनुदान : एक दशकमा कहाँ गयो दुई खर्ब रुपैयाँ ?

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण
कृषिमा अनुदान : एक दशकमा कहाँ गयो दुई खर्ब रुपैयाँ ?

तस्बिर : एआई जेनेरेटेड

महालेखा परीक्षकको कार्यालयका अनुसार एक दशकमा एक खर्ब ९७ अर्ब १३ करोड रुपैयाँ कृषि अनुदानबापत प्रवाह भएको छ । यसमध्ये करिब डेढ खर्ब रुपैयाँ रासायनिक मलमा अनुदान दिन वितरण भएको छ भने करिब ४८ अर्ब रुपैयाँ व्यक्तिगत फर्म र व्यावसायिक फर्मलाई वितरण गरिएको छ ।

महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७२/७३ मा १० अर्ब चार करोड, आव ०७३/७४ मा १० अर्ब ७८ करोड, आव ०७४/७५ मा आठ अर्ब ७७ करोड, आव ०७५/७६ मा १२ अर्ब २९ करोड, ०७६/७७ मा १६ अर्ब ८३ करोड रुपैयाँ कृषि अनुदानबापत खर्च भएको छ ।

त्यस्तै, ०७७/७८ मा १९ अर्ब ६८ करोड, आव ०७८/७९ मा २१ अर्ब ८३ करोड, आव ०७९/८० मा ३६ अर्ब चार करोड, आव ०८०/८१ मा २९ अर्ब ३४ करोड र आव ०८१/८२ मा ३२ अर्ब १३ करोड रुपैयाँ कृषि अनुदान प्रवाह भएको महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सुझावित समाचार