नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर दुई लाख ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।