पाथीभरामा जेठ महिनामा ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी भेटी संकलन

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा ०८३ साल जेठ महिनामा ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको मासिक विवरणअनुसार जेठ महिनाभर विभिन्न मितिमा नेपाल बैंकमा जम्मा गरिएको भेटी रकमको कुल योग ४६ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको हो।

समितिले प्रत्येक महिना भेटी तथा दर्शनार्थीको संख्या सार्वजनिक गर्ने प्रतिबद्धताअनुसार जेठ महिनाको विवरण सार्वजनिक गरेको पाथीभरा क्षेत्र  विकास समितिका निर्देशक प्रजिन हाम्बाङले जानकारी दिए । सार्वजनिक विवरणअनुसार जेठ ११ गते १४ लाख रुपैयाँ, जेठ २१ गते १६ लाख ६३ हजार सात सय रुपैयाँ तथा अन्य विभिन्न मितिमा संकलित रकम बैंक खातामा जम्मा गरिएको थियो।

त्यस्तै, निर्देशक हाम्बाङले जेठ महिनाभर पाथीभराको दर्शन गर्न आठ हजार तीन सय ७९ जना भक्तजन पुगेको जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाम्बाङले हस्ताक्षर गरेको सूचनामार्फत भेटी रकम र दर्शनार्थीको संख्या सार्वजनिक गरिएको हो।

समितिले यस किसिमको विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको जनाएको छ। पाथीभरा मन्दिर पूर्वको  प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ, जहाँ देश तथा विदेशबाट बर्सेनि हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्।

See More On

सुझावित समाचार