हुलाकी राजमार्गको सिराहा–धनुषाखण्डमा पर्ने कमला नदी वारपार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता छ । १५ वर्षअघि ०६८ सालमा शिल्यानास भएको पुल निर्माणाधीन अवस्थामै ०७८ सालमा भासिएको थियो ।
अहिले कमला पुलको काम बिस्तारै भइरहँदा नदीमा पानीको बहाव बढेसँग डुंगाबाट नदी वारपार गर्नुपर्ने बाध्यता रहेको छ । सिराहाबाट धनुषा जान र धनुषाबाट सिराहातर्फ आउन मोटरसाइकलयात्रीले दैनिक डेढ सय रुपैयाँ डुंगावालालाई दिनुपरेको छ । यस्तै, साइकल र पैदलयात्रीले नदी वारपार गर्न ५० रुपैयाँ प्रतिदिन तिर्नुपरेको छ ।

सिराहा नगरपालिका ५ र ६ का स्थानीयले नदीमा दुईवटा डुंगा सञ्चालनमा ल्याएका छन् । सोही डुंगामा मोटरसाइकल, साइकल र पैदलयात्री चढेर जोखिमपूर्ण रूपमा नदी वारपार गर्दै आएका छन् सिराहा र धनुषाका स्थानीय ।
