दुईदिने आँखा शिविरमा ६५ जनाले गरे मोतियाविन्दुको शल्यक्रिया

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

तामाकोशी अस्पताल मन्थलीमा भएको दुईदिने निःशुल्क आँखा शिविरमा ६५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका छन्। जेठ ३१ र असार १ गते गरी दुईदिने आँखा शिविर तिलगंगा सर्जिकल कम्युनिटी, सामुदायिक आँखा केन्द्र रामेछाप र तामाकोशी अस्पतालको संयुक्त आयोजनामा भएको थियो ।

उक्त शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा न्युरो–अप्थाल्मोलोजी परामर्शदाता डा. कृपा जोशीको नेतृत्वमा विशेषज्ञ स्वास्थ्यकर्मीको टोलीले आँखाका बिरामीहरूको शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए। उक्त शिविरवाट जिल्लाका ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले राहत पाएका छन् ।

तिलगंगा आँखा अस्पतालले विगत वर्षहरूदेखि नै रामेछापका दूरदराजका गाउँहरूमा पुगेर निःशुल्क आँखा परीक्षण गर्ने काम गर्दै आएको छ । आँखा जाँचको क्रममा मोतियाविन्दु भएका बिरामीहरूको छनाेट गरी ती बिरामीलाई सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पताल ल्याएर शल्यक्रिया गर्ने गरेको छ। तिलगंगा आँखा अस्पतालले यस कार्यलाई निरन्तरता दिने जनाएको छ ।
 

सुझावित समाचार