इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्ना साना घरायसी उपकरण (एसडिए) श्रेणीअन्तर्गत सञ्चालन गरेको ‘एक्सपिरियन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानका विजेता घोषणा गरेको छ ।
योजनामा झापा, भद्रपुरका रणधीर गुप्ता विजेता बनेका छन् । उनले सेट अफ प्रडक्ट्स प्राप्त गरेका छन् । कम्पनीका अनुसार गुप्ताले वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीका घरायसी उपकरण खदिर गरी योजनामा सहभागी बनेका थिए । गुप्तालाई कम्पनीका प्रतिनिधिले उपहार हस्तान्तरण गरेका छन् ।