नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेर दुई लाख ९८ हजार दुई सय रुपैयाँ पुगेको छ।
यसअघि आइतबार सुन प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले बढ्दै पाँच हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ८९५ रुपैयाँ कायम थियो।