भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा ४० हजार घुससहित नियन्त्रणमा

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायब सुब्बा ज्ञानराज कँडेललाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

आयोगका अनुसार कँडेलले जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। त्यसक्रममा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

नियन्त्रणका क्रममा घुस रकमबाहेक अन्य स्रोत नखुलेको २१ हजार ७० समेत बरामद भएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

सुझावित समाचार