टेक अर पेमै नयाँ पिपिए हुन्छ : ऊर्जामन्त्री

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

इप्पानको १४औँ साधारणसभा

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘टेक अर पे’ मोडेलमा नयाँ विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने बताएका छन् । साथै, १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको तत्काल पिपिए खुला भएको पनि उनको भनाइ छ ।

यसले साना तथा मध्यम प्रवर्द्धनको लगानी सुनिश्चित गरेको उनको दाबी छ । शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २४औँ वार्षिक साधारणसभा एवम् आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आगामी दिनमा स्वच्छ ऊर्जा बन्डमार्फत हरित लगानी आकर्षित गरिने उनको भनाइ छ । 

‘आगामी दिनमा स्वच्छ ऊर्जा बन्डमार्फत हरित लगानी आकर्षित गरिनेछ । साथै डायस्पोरा बन्डमार्फत गैरआवासीय नेपालीको पुँजी ऊर्जा क्षेत्रमा ल्याउने लक्ष्य लिइएको छ,’ उनले भने । 

यस्तै, जलविद्युत् क्षेत्रमा स्थिर ब्याजदरमा कर्जा प्रवाहको व्यवस्था गरिने पनि उनले बताए । ‘स्वच्छ ऊर्जालाई एआई र डिजिटल सेवा उद्योगसँग जोड्दै नयाँ सम्भावनाको खोजी गरिँदै छ । यिनै हाइड्रोजन प्लान्ट पाइलट आयोजनाबाट भविष्यको स्वच्छ ऊर्जा अर्थतन्त्रको आधार खोजिँदै छ,’ उनले भने । 

सुझावित समाचार