विश्वकपमा सामसङका टिभीमा २५% सम्म क्यासब्याक

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ । २०२६ जुलाई १९ सम्म मान्य हुने अफरअन्तर्गत सीमित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक पाइनेछ ।

उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकले केवल नौ हजार नौ सय ९९ रुपैयाँमा ४९ हजार नौ सय ९० रुपैयाँको साउन्डबार पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

विश्वकपमा सामसङले निःशुल्क वर्ल्डकप लाइभ सब्स्क्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेट–टिभी प्याकेजसमेत दिइरहेको छ । क्युलेड तथा युएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेट–टिभी प्याकेज उपलब्ध हुन्छ भने एफएचडी/एचडी मोडेलमा ६ महिनासम्मको निःशुल्क नेट–टिभी प्याकेज उपलब्ध हुने कम्पनीको भनाइ छ ।

हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले १२ महिना वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्छन् । 

See More On

सुझावित समाचार