नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा पाँच हजार एक सय रुपैयाँले घटेर दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९० रुपैयाँले ओरालो लागेर चार हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार ७४० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।