नेतन्याहुलाई इरानसँग एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको ट्रम्पको खुलासा

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिलेका लागि इजरायल र इरानबिच ठुलो युद्ध रोक्न सफल भएका छन् । तथापि, यस क्रममा उनको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच केही खटपट परेको बताइएको छ ।

अमेरिकी मिडिया ‘एक्सियोस’लाई फोन अन्तर्वार्ता दिने क्रममा ट्रम्पले आफूले पछिल्लो मुठभेड थप उग्र हुन नदिनका लागि नेतन्याहुलाई चेतावनी दिनुपरेको बताए । ‘इरानसँग युद्ध नरोके यसपटक इजरायलले एक्लै लड्नुपर्ने परिस्थिति आउन सक्ने बताएको’ ट्रम्पले खुलाए । ट्रम्पका अनुसार आफ्नो कडा चेतावनीपछि नेतन्याहुले इरानमाथि थप आक्रमण नगर्न निर्देशन दिएका थिए । 

आइतबार बिहान इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका सैन्य आधारमा आक्रमण गरेपछि इरानले जवाफमा इजरायलतर्फ मिसाइलको वर्षा गरेको थियो । लगत्तै इजरायलले पनि इरानका कैयौँ स्थानमा मिसाइल हान्यो । यसपछि परिस्थितिलाई नियन्त्रणमा लिन ह्वाइट हाउसले पर्दापछाडि तीव्र कूटनीतिक प्रयास सुरु गर्यो ।

See More On

सुझावित समाचार