लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सिजी र यसको प्रिमियम सिरिज सिजी मेरिडियाले ‘वर्ल्डकप टु वर्ल्डकप’ योजना सार्वजनिक गरेको छ । फुटबल विश्वकप प्रत्येक चार वर्षमा आयोजना हुने भएकाले कम्पनीले पनि ‘चार वर्षको खेल, चार वर्षकै वारेन्टी’ नारासहित विशेष योजना ल्याएको जनाएको छ । योजनाअन्तर्गत सिजी तथा सिजी मेरिडियाका टेलिभिजन खरिद गर्दा ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।
ग्राहकले सिजी तथा सिजी मेरिडियाका टिभी किन्दा ३६ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार सीमित मोडेलका टिभीमा चार वर्षसम्मको वारेन्टी सुविधाका साथै दुई वर्षको पूर्ण वारेन्टी र थप दुई वर्षको सर्भिस वारेन्टी समावेश गरिएको छ । यो योजना ३ साउनसम्म देशभर लागू हुने कम्पनीले जनाएको छ ।
साथै, एकैपटक पूर्ण रकम तिर्न कठिन हुने ग्राहकलाई लक्षित गर्दै कम्पनीले सजिलो इएमआई सुविधासमेत उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार उक्त सुविधाका लागि नागरिकता भए मात्र पुग्ने जनाइएको छ ।