कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले झापाको मेचीनगर नगरपालिका– १ र ४ मा पर्ने बाहुनडाँगी क्षेत्रको निरीक्षण गर्दै त्यस क्षेत्रका किसानले जंगली हात्तीबाट खेपिरहेको समस्याबारे जानकारी लिएकी छिन् ।
दैनिक रूपमा मकै, सुपारीलगायतका बालीमा जंगली हात्तीले क्षति पुर्याएको गुनासो गरेपछि मन्त्री चौधरीले नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएकीछिन् ।
हात्ती नियन्त्रण र स्थानीय सुरक्षाका लागि सरोकारवालासँग समन्वय गर्ने मन्त्री चौधरीले बताइन् । उनले मानव–हात्ती द्वन्द्व दीर्घकालीन रूपमा समाधान गर्न केन्द्र, प्रदेश र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताएकी थिइन् ।