विश्वप्रसिद्ध अमेरिकी राइडसेयरिङ कम्पनी ‘उबर’ले नेपाली बजारमा औपचारिक रूपले सेवा सुरु गरेको छ । काठमाडौंमा आयोजित एक समारोहबिच नेपालका लागि अमेरिकी दूतावासका कार्यवाहक उपनियोग प्रमुख चेलान ब्लिसले उबरको सेवा शुभारम्भको घोषणा गरेका हुन् ।
उबरको यस प्रवेशलाई नेपालको बढ्दो डिजिटल अर्थतन्त्र र प्रविधिको विकासमा एउटा महत्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक उपनियोग प्रमुख चेलान ब्लिसले भने, ‘नेपालमा सेवा विस्तार गर्ने उबरको निर्णय यहाँको आर्थिक मार्गचित्र र नेपाली जनताप्रतिको बलियो विश्वासको प्रतीक हो ।’