रास्वपाले ५१२ पालिका र ४,२४६ वडाको अधिवेशन सकायो

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले ५१२ वटा पालिकामा अधिवेशन सकेर नयाँ नेतृत्व चयन गरेको छ। त्यस्तै, चार हजार २४६ वडामा पनि अधिवेशन सकिएको छ । 

पार्टीका केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगानाका अनुसार जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन सञ्चालन भएको थियो । त्यस्तै, ९ र १० जेठमा पालिका अधिवेशन भएको हो। सो अवधिमा सञ्चालन नभएका पालिका तथा वडामा १६ र १७ जेठमा अधिवेशन गरिएको रास्वपाले जनाएको छ। केहीमा भने तदर्थ समिति बनाइएको छ । 

शनिबार र आइतबार रास्वपाको जिल्ला अधिवेशन हुँदै छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवेशन हुने जिल्लाहरूमा निर्वाचन समिति गठन गरिसकेको नेता ढुंगानाले जानकारी दिए। 

रास्वपाको पहिलो केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गते चितवनमा हुँदै छ। 
 

सुझावित समाचार