पिपुल्स इनर्जीको सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

ज्योति क्यापिटल लिमिटेड र पिपुल्स इनर्जी लिमिटेडबिच सेयर प्रत्याभूति सम्झौता भएको छ । पिपुल्स इनर्जीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन गर्नेछ ।

यसको प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त भएको हो । सम्झौतापत्रमा ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र पिपुल्स इनर्जीका तर्फबाट महाप्रबन्धक जनार्दन अर्यालले हस्ताक्षर गरेका हुन् । 

ज्योति विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड छ । क्यापिटलले धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । 
 

See More On

सुझावित समाचार