बंगलादेशविरुद्ध अञ्जिला कप्तान, प्रीतिको कमब्याक

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

बंगलादेशविरुद्ध हुने साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल्ने नेपाली टिम घोषणा भएको छ। प्रशिक्षक नवीन न्यौपानेले बुधबार हुने खेलका लागि कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई नै जिम्मेवारी दिएका छन्। त्यस्तै, अघिल्लो दुई खेल गुमाएकी प्रीति राई कमब्याक भएकी छिन्।

त्यसबाहेक प्रशिक्षक न्यौपानेले भुटानविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन्। नेपालले समूह एको पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै सेमिफाइनल पक्का गरेको थियो। 

नेपाल र बंगलादेश यसपटक सेमिफाइनलमै भिड्न लागेका हुन्। पछिल्लो दुई संस्करण बंगलादेश च्याम्पियन हुँदा नेपाल उपविजेता भएको थियो। हालसम्म नेपाल ६ पटक उपाविजेता भएको छ । एकपटक मात्रै सेमिफाइनलबाट बाहिरिएको हो । 

नेपाली टिम 
गोलकिपर : अञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)
डिफेन्डर : विमला विक, गीता राना, पूजा राना, अनिता लम्जेल
मिडफिल्डर : प्रीति राई, रेनुका नगरकोटे, सरु लिम्बू, दीपा शाही
फरवार्ड : रश्मीकुमारी घिसिङ र रेखा पौडेल

 

सुझावित समाचार