नेपालसँग साझेदारी सुदृढ गर्छौँ : अमेरिकी उपविदेशमन्त्री

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

सार्वजनिक कूटनीति हेर्ने अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्सले नेपाल र अमेरिकाबिच आर्थिक साझेदारीका लागि अहिलेको समय उपयुक्त रहेको बताएकी छिन् । शनिबार नेपाल भ्रमणमा आएकी उपविदेशमन्त्री रोजर्सले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिना, उद्यमीलगायतसँग भेटवार्ता गरेकी छिन् ।

भेटवार्तापछि कूटनीतिक मामिला हेर्ने फत्रकारहरूसँग अन्तर्त्रियामा रोजर्सले आगामी वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वर्षगाँठमा नेपालमा उच्चस्तरीय भ्रमण हुन सक्ने पनि बताइन् । उनले एमसिसी कम्प्याक्ट परियोजनाको कार्यान्वयन भइरहेकोमा खुसी व्यक्त गर्दै सूचना प्रविधि तथा दूरसञ्चारका क्षेत्रमा नेपालमा अमेरिकी कम्पनीहरू लगानीका लागि इच्छुक रहेको बताइन् ।

‘हामी नेपाली जनता र नेपाल सरकारसँगा आर्थिक साझेदारी बढाउन चाहन्छौँ । नेपालको आर्थिक विकास र डिजिटल सार्वभौमसत्ता सुदृढ गर्न सहयोग गर्नेछौँ,’ उनले भनिन्, ‘हाम्रो बलियो साझेदारी रहन्छ । डिजिटल स्वतन्त्रतामा हामी प्रतिबद्ध छौँ । टेक फ्रिडम तथा टेक सहकार्य हाम्रो प्राथमिकतामा छ ।’ रोजर्सले परराष्ट्रमन्त्री खनालसँग प्रविधि सहकार्य तथा द्विपक्षीय साझेदारीका विभिन्न विषयमा फलदायी छलफल भएको बताइन् ।

‘परराष्ट्रमन्त्रीले मलाई हार्दिकतापूर्वक स्वागत गर्नुभयो, हामीले फलदायी छलफल गर्यौँ,’ उनले थपिन् । स्टार लिंक कम्पनी नेपालमा आउन लागेको हो भन्ने पत्रकारहरूको प्रश्नमा उनले सिधा उत्तर दिइनन् । ‘सञ्चारमन्त्रीसँग मेरो राम्रो कुराकानी भयो । नेपालमा कुनै पनि कम्पनी आएर लगानी गर्न सक्नेछन्’ रोजर्सले भनिन् । 

See More On

सुझावित समाचार