छैटौँपटक विश्वकप खेल्ने तयारीमा मेसी, रोनाल्डो र ओचोआ

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल २०२६ मा तीनजना फुटबलरले व्यक्तिगत रेकर्ड बनाउनेछन् । डेढ सातापछि सुरु हुने विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले लगातार छैटौँपटक विश्वकप खेल्ने रेकर्ड बनाउनेछन् । तर, उनीहरू विश्वकपमा आधिकारिक रूपमा मैदानमा प्रवेश गर्नुपर्ने हुन्छ ।

रोनाल्डो र मेसी आ–आफ्नो राष्ट्रिय टोलीमा समावेश हुँदा आगामी विश्वकपमा दुई उत्कृष्ट फुटबलरले व्यक्तिगत रेकर्ड राख्ने चर्चा चुलिएको थियो । अब मेक्सिकाका सर्वाधिक सिनियर खेलाडी ओचोआ पनि मेसी र रोनाल्डोकै पथमा अग्रसर भएका छन् । मेक्सिकोले सोमबार विश्वकप खेल्ने अन्तिम टोली घोषणा गर्दा ओचोआले स्थान सुरक्षित गरेका हुन् । गोलरक्षक ओचोआले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरी आफूतर्फ ध्यान तानेका थिए ।

विश्वकपमा मेक्सिको सहआयोजक हो । उनले सन् २००६ देखि निरन्तर रूपमा विश्वकपमा सहभागिता जनाएका छन् । दुई दशक मेक्सिको पोस्ट सम्हालेका ओचोआलाई विस्थापित गर्ने अरू गोलरक्षक आएका छैनन् । यसैकारण उनले सहजै छैटौँपटक विश्वकपमा स्थान बनाएका हुन् । विश्वकप १२ जुन देखि १९ जुलाईसम्म हुँदै छ । समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक) छन् । १२ जुनमा हुने उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन् । मेक्सिकोले १६ जुनमा दक्षिण कोरिया र २४ जुनमा चेकविरुद्ध खेल्ने छ । ‘लगातार विश्वकपमा सहभागि हुन पाउँदा निकै खुसी लागेको छ,’ ओचोचाले भने, ‘घरेलु मैदानमै आयोजना हुने विश्वकपमा योपटक स्मरणीय बनाउने प्रयास गर्नेछु ।’

अर्जेन्टिनालाई मेसीको चिन्ता 
गत साता इन्टरमियामीबाट प्रतिस्पर्धा गर्दा मेसीले चोट बोकेका थिए । मैदानबाट बाहिरिँदा उनको घुँडामा समस्या आएको थियो । अहिले मेसी आराम गरिरहेका छन् । अर्जेन्टिनाले कप्तान मेसी शतप्रतिशत फिट भएर विश्वकपमा फर्किने विश्वास राखेको छ । प्रशिक्षक स्कालारीले प्लेमेकर खेलाडी विश्वकपअगाडि फिट भइसक्ने जनाएका छन् । 

‘अघिल्लो साता मेसीको चोट डरलाग्दो देखिएको थियो । अहिले सबै परीक्षणपछि उनी विश्वकपको केही दिनअगाडि मैदानमा प्रशिक्षण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास हामीलाई छ,’ उनले भने । 

अर्जेन्टिनाले मेसीकै कप्तानमा सन् २०२२ को विश्वकप जितेको थियो । अहिले मेसी लगातार अर्जेन्टिजालाई उपाधि दिलाउने योजनामा छन् । उनले अहिलेसम्म विश्वकपमा २६ खेल खेल्दै १३ गोल र ८ असिस्ट गरेका छन् । चार वर्षअघिको विश्वकपमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसैगरी, पोर्चुगलको रोनाल्डो ४१ वर्षको उमेरमा पनि फिट छन् । उनले हालसम्म २२ विश्वकप खेलमा ८ गोल गरेका छन् । पोर्चुगललाई पहिलोपटक विश्वकप उपाधि दिलाउने लक्ष्यमा छन् । 

See More On

सुझावित समाचार