पिएसजी लगातार दोस्रोपटक च्याम्पियन

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

 पेरिस सेन्ट जर्मेन (पिएसजी)ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध पार्दै लगातार दोस्रोपटक युरोपियन च्याम्पियन्स लिग उपाधि जितेको छ । शनिबार हंगेरीको पुस्कास एरेनामा भएको उपाधि भिडन्तमा निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा पिएसजीका लुकास बेराल्डो, अचरफ हाकिमी, डेसिरे डुए र गोन्सालो रामोसले गोल गरे । नुनो मेन्डिसले गोल प्रयास गरे । आर्सनलका गाब्रियल मार्टिनेज, डेक्लान राइस र भिक्टर ग्योकेरेसले गोल गरे ।

गाब्रियल म्यागाल्हेस र एबेरेची एजे गोल गर्न चुके । जितसँगै पिएसजी सन् ०१६ देखि ०१८ सम्म लगातार तीनपटक उपाधि जितेको रियल म्याड्रिडपछि च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ । २० वर्षपछि च्याम्पियन्स लिग फाइनलमा पुगेको आर्सनल उपाधि जित्न वञ्चित भयो । 

See More On

सुझावित समाचार