विद्यालयलाई सिद्धार्थ बैंकले दियो स्मार्ट बोर्ड

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेडले तनहुँ जिल्लाका १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड सहयोग गरेको छ । एक कार्यक्रमबिच बैंकका गण्डकी प्रदेश प्रमुख नीरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दीपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधीर वाग्लेलगायतको उपस्थिति थियो ।

बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै सामुदायिक विद्यालयका विद्याथीलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले इन्टरएक्टिभ स्मार्ट बोर्ड हस्तान्तरण गरेको जनाएको छ । यस कार्यबाट प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी लाभान्वित बताइएको छ ।
 

सुझावित समाचार