सुनचाँदीको मूल्य घट्यो

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

आज मंगलबार नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

सुझावित समाचार