लुम्बिनी सरकारको १२७ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

लुम्बिनी प्रदेश प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आगामी आर्थिक वर्ष ०८३/८४ को १२७ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कृषि, पर्यटन, स्वास्थ्य क्षेत्रका आयोजनालाई प्राथमिकतामा राख्दै अधुरा आयोजनालाई छिटो सम्पन्न गर्ने कार्यक्रममा उल्लेख छ । त्यस्तै, प्रदेश राजधानी देउखुरीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने गरी अत्यावश्यक पूर्वाधारमा लगानी गरिने नीति पनि अगाडि सारिएको छ ।

स्थानीय तहसँगको सहकार्यमा एक पालिका एक अर्गानिक बाली उत्पादनको नीति अवलम्बन गरिने कार्यक्रम ल्याइएको छ । प्रदेश सरकारले उद्यमशील लुम्बिनी र डिजिटल लुम्बिनी अभियानलाई रूपान्तरणकारी कार्यक्रमका रूपमा सञ्चालन गर्ने भएको छ ।

प्रदेशको पर्यटन विकासका लागि लुम्बिनी, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोडेर सिल्भर ट्रिंगलका रूपमा विकास गरिने योजना अघि सारिएको छ । पूर्वाधारतर्फ अधुरा आयोजनालाई छिटो सम्पन्न गर्न ‘अधुरा, गर पूरा’को नीति ल्याइएको छ ।

नेपाल आरोग्य वर्ष २०२७ अन्तर्गत योग, ध्यान र मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यक्रम अघि बढाइने, राप्ती प्रादेशिक अस्पताललाई दुई सय शङ्ढयाको अस्पतालमा स्तरोन्नति गरिने योजना छ । साउन १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा आठवटा मन्त्रालय मात्र कायम गरिने नीति लिइएको छ ।

सुझावित समाचार