अलैँचीको आम्दानीले किसानमा उत्साह

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

राम्रो मूल्य पाउन थालेसँगै कृषिमा सम्भावना देखेका ताप्लेजुका युवा अहिले व्यावसायिक अलैँची खेती विस्तारतर्फ आकर्षित भएका छन् । यस वर्ष सिजन सुरु भएदेखि नै अलैँची प्रतिमन ९० हजारदेखि एक लाख रुपैयाँसम्ममा कारोबार हुन थालेपछि किसानमा थप उत्साह जागेको छ । 

अहिले अलैँची रोप्ने मुख्य समय भएकाले जिल्लाका विभिन्न ठाउँमा किसानहरू बिरुवा व्यवस्थापन, रोपाइँ र बिक्री–वितरणमा व्यस्त बनेका छन् । विशेषगरी जेठदेखि साउनसम्मको अवधिलाई अलैँची लगाउन उपयुक्त मानिन्छ । यही समयमा बिरुवा बिक्रीबाट समेत किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । फुङलिङ नगरपालिका– ५ का कृषक भीमबहादुर गुरुङ अलैँचीको बिरुवा लगाउने भएकाले व्यस्त भएको बताउँछन् । 

ताप्लेजुङ जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङलुङको वडा नम्बर ७ ओलाङचुङगोलाबाहेक ६० बढीमा अलैँची खेती हुँदै आएको छ ।

चालू आर्थिक वर्ष ०८२/८३ को नौ महिनामा झापाको मेची भन्सार कार्यालय हुँदै दश अर्ब ७० करोड सात लाख १८ हजार रुपैयाँ मूल्यको अलैँची निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ । 

See More On

सुझावित समाचार