क्रिकेट एक्सिलेन्सलाई उपाधि

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

क्रिकेट एक्सिलेन्स सेन्ट्रर (सिइसी) ले काठमाडौं जिल्लास्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा सिइसीले काठमाडौं क्रिकेट एकेडेमीलाई १३८ रनले पराजित गरेकाे हाे ।

मूलपानी मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको सिइसीले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १६७ रनको लक्ष्य दियो । प्रत्युत्तरमा काठमाडौंले १०.४ ओभरमा अलआउट हुँदा मात्र ३० रन जोड्यो ।

काठमाडौंका लागि सौर्यवीर चन्दले मात्र १४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिइसीका लागि धीरज देउवाले सर्वाधिक चार तथा प्रसिद्ध जैसी र सत्यम यादवले समान दुई विकेट लिए । यसअघि सिइसीका लागि बुद्धिमान विष्ट र वीरेन्द्र धानादीले अर्धशतक बनाए । बुद्धिमानले सर्वाधिक ५६ तथा वीरेन्द्रले ५५ रन जोडेका थिए ।

यसअघि पहिलो सेमिफाइनलमा काठमाडौं क्रिकेटले महावीर क्लबलाई पाँच विकेटले हराएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा एक्सिलेन्सले हिमालयन क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गर्दै उपाधि नजिक पुगेकाे थियाे ।

प्रतियोगिता काठमाडौं जिल्ला क्रिकेट संघले आयोजना गरेको हो । उपाधि विजेता टिम र खेलाडीलाई काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेलगायतले पुरस्कृत गरेका थिए ।

See More On

सुझावित समाचार