आइआइडिएस अध्ययन प्रतिवेदन : नेपाल र अस्ट्रेलियाबिच दोहोरो कर उन्मुक्ति सम्झौता गर्न सुझाव

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

पछिल्लो एक दशकमा अस्ट्रेलियामा नेपाली प्रवासी पाँच गुणाले बढेको देखिएको छ । सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस)ले गरेको एक अध्ययनले अस्ट्रेलियामा नेपाली प्रवासीको संख्या सवा दुई लाखनजिक पुगेको देखाएको हो । अध्ययन प्रतिवेदनले नेपालीको संख्या उच्चदरमा बढिरहेको सन्दर्भमा दुई देशबिच सिधा हवाई सेवा र दोहोरो कर उन्मुक्ति सम्झौता गर्नसमेत सुझाएको छ । 

आइआइडिएसको अध्ययनले जुलाई २०२५ सम्ममा अस्ट्रेलियामा रहेका नेपालीको संख्या दुई लाख १३ हजार पाँच सय ८० पुगेको छ । जुन सन् २०१४ को तुलनामा पाँच गुणाले बढी हो । नेपाली प्रवासी संख्या उच्चदरमा बढिरहेको सन्दर्भमा दुई देशबिच सम्बन्ध थप विस्तार गर्नुपर्नेमा अध्ययन प्रतिवदेनले जोड दिएको छ ।

आइआइडिएस प्रतिवेदनले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन, विदेशी लगानी भिœयाउन एकद्वार सेवा विस्तार गर्न, व्यापार तथा लगानी विस्तारका लागि निजी क्षेत्रका संस्थाहरूको सम्बन्ध बढाउन र नेपाल–अस्ट्रेलिया आर्थिक कूटनीति बढाउनसमेत सुझाव दिएको हो ।

See More On

सुझावित समाचार