आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहले पाएका छन्। साह निगमको सबैभन्दा वरिष्ठ कर्मचारी हुन्।

नायब कार्यकारी निर्देशक रहेका साहले अर्थ र कर्मचारी प्रशासन विभागको नेतृत्व गर्दै आएका छन्। यसअघिका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले नयाँ सरकारको चाहनाबमोजिम ३० वैशाखमा राजीनामा दिएर मार्गप्रशस्त गरेका थिए। उनले राजीनामा दिएको एक सातापछि वरिष्ठताका आधारमा साहलाई निगमको निमित्त कार्यकारी प्रमुख तोकिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

साहले निमित्त प्रमुख भएर काम गरेको यो दोस्रोपटक हो। अढाई वर्षअघि २६ मंसिर ०८० मा पनि तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले राजीनामा दिएपछि साहले दुई महिनाभन्दा बढी समय निमित्त प्रमुख भएर काम गरेका थिए। 

चार्टड एकाउन्टेन्टसमेत रहेका साह आयल निगमको सेवामा आएपछि नियमित रूपमा लेखा परीक्षण हुँदै आएको छ। उनी आउनुअघि निगमको नियमित रूपमा लेखा परीक्षण हुने गरेको थिएन।

सुझावित समाचार