नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बिएन्डबी हस्पिटलमा छुट

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले ललितपुरको ग्वार्कोस्थित बिएन्डबी हस्पिटलमा उपचार गराउँदा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र हस्पिटलका तर्फबाट प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार ग्राहक र कर्मचारीले सो हस्पिटलमा उपचार गराउँदा लाग्ने शुल्कमा बैंकको मोबाइल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट हुनेछ । बैंकले देशभरका दुई सय ३१ शाखा, दुई सय ४६ एटिएमका साथै ६१ एक्स्टेन्सन काउन्टरमार्फत २७ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । 

सुझावित समाचार