साताकाे बजार : उतारचढावबिच बढ्यो सुनचाँदीको मूल्य

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

यो साता नेपाली बजारमा सुनचाँदीको मूल्य उतारचढावबिच बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँ रहेकोमा साताभर उतारचढाव हुँदै शुक्रबार आइपुग्दा प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबारको भाउ आइतबारको तुलनामा तोलामा चार हजार आठ सय रुपैयाँ बढी हो । सोमबार सुन तोलामा दुई लाख ९४ हजार आठ सय रुपैयाँ पुगेको थियो । मंगलबार दुई लाख ९१ हजार कायम भयो । बुधबार दुई लाख ९६ हजार आठ सय र बिहीबार दुई लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको थियो । अन्तिम दिन शुक्रबार भने सुन तोलामा दुई लाख ९९ हजार नौ सय रुपैयाँ कायम रह्यो ।

भूराजनीतिक अस्थिरता कायमै रहनु, केन्द्रीय बैंकहरूले सुन खरिद कार्य जारी नै राख्नु, बढ्दो मुद्रास्फ्रीति एवं अन्तर्राष्ट्रिय सेयर बजारमा बढ्दो अनिश्चिततालगायतका कारणले सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा केही बढ्न पुगेको विश्लेषकको भनाइ छ । नेपाली बजारमा त्यसैको प्रभाव परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यो साता चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला पाँच हजार १० रुपैयाँ कायम रहेको चाँदीको भाउ शुक्रबार आइपुग्दा बढेर प्रतितोला पाँच हजार दुई सय ७५ रुपैयाँ कायम रहेको छ । समग्रमा साताभर चाँदी प्रतितोला दुई सय ६५ रुपैयाँ बढेको हो ।

सुझावित समाचार