संकल्प इन्भेस्टमेन्टले लियो एभरेस्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

संकल्प इन्भेस्टमेन्ट प्रालिले ‘एभरेस्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको छ । कम्पनीले आफ्नो पहिलो लगानीका रूपमा ‘एभेरस्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको हो । ‘एभरेस्ट कफी बिन्स’को पनि यो पहिलो फ्रेन्चाइज बिक्री हो ।

एभरेस्ट ग्रुप अफ कम्पनिजले ‘एभरेस्ट कफी बिन्स’ सञ्चालन गर्दै आएको छ । त्यसमा कम्पनीले पहिलोपटक फ्रेन्चाइज बिक्री गरेको हो । कम्पनीले फ्रेन्चाइज लिएर अनामनगरमा सेवा सुरु गरिसकेको छ ।

अनामनगरको सिंहदरबार पूर्वी गेटमा स्थापना गरिएको ‘एभरेस्ट कफी बिन्स’को शुक्रबार औपचारिक उद्घाटनसमेत हुँदै छ । कम्पनीका अध्यक्ष कृष्ण अर्यालले पहिलो लगानीका रूपमा ‘एभरेस्ट कफी बिन्स’को फ्रेन्चाइज लिएको बताए ।

‘गुणस्तर र सेवामा हामीलाई एभरेस्ट कफी बिन्स उत्कृष्ट लाग्यो । तसर्थ, हामीले हाम्रो समूहको पहिलो लगानीका रूपमा यसको फ्रेन्चाइज लिएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि यसको फ्रेन्चाइज लिएर अन्य ठाउँमा सेवा सुरु गर्छौँ ।’ कम्पनिजका अध्यक्ष प्रेमसेन सुनारले एभरेस्टको फ्रेन्चाइज बिक्री गर्न सुरु गरेको बताए ।

See More On

सुझावित समाचार