आइसिसी पुरुष ओडिआई बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १५ स्थान सुधार गरेका छन्। आइसिसीले मंगलबार अद्यावधिक गरेको वरीयताअनुसार सन्दीप ४३औँ स्थानमा छन्।
शीर्ष १०० मा पर्न सफल नेपालका ललित राजवंशी र करण केसीको भने वरीयता खस्केको छ। चार स्थान तल झरेका ललित ६५औँ तथा करण ९०औँ स्थानमा छन्। दीपेन्द्रसिंह ऐरी ८३औँ स्थानमा यथावत् छन्।
सूचीको पहिलो नम्बरमा अफगानिस्तानका रासिद खान छन्।