समृद्धिको अनलाइन धितो रोक्का–फुकुवा सेवा सुरु

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

समृद्धि फाइनान्सले अनलाइन प्रणालीमार्फत धितोबन्धक रोक्का–फुकुवा सेवा सुरु गरेको छ । यो सेवा सुरु गर्नेसम्बन्धी सम्झौतामा भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग समझदारी भएको छ । सम्झदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे र विभागका तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात् धितो बन्धकको रोक्का तथा फुकुवासम्बन्धी सम्पूर्ण कार्य अनलाइनमार्फत संस्थाले नै गर्नेछ । यो सुविधा फाइनान्सको केन्द्रीय कार्यालयसहित देशभरका सम्पूर्ण शाखा कार्यालयबाट समेत गर्न सकिने बताइएको छ । यससँगै फाइनान्सका ग्राहकले कर्जा उपभोग गर्दा छिटो–छरितो तथा सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन् ।

डिजिटल वित्तीय सेवा विस्तार गर्दै नयाँ प्रविधिमार्फत सेवा प्रदान गर्ने लक्ष्य लिएको संस्थाले जनाएको छ । हाल यो संस्थाले १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।

See More On

सुझावित समाचार