मनास्लुद्वारा उपाधि रक्षा

बुधबार, २३ बैशाख, २०८३
डिजिटल संस्करण

साबिक विजेता मनास्लुले चौथो वडाध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चन्द्रविनायक पार्कको मैदानमा आइतबार भएको फाइनलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० ले पराजित गरी उपाधि रक्षा गर्यो ।

विमल तामाङ र संगम तामाङले मनास्लुका लागि समान एक गोल गरेका थिए । उपाधिसँगै मनास्लुले ३० हजार र उपविजेता बाल व्यवसायीले १५ हजार रुपैयाँ पाएका छन् ।

काठमाडौं महानगरपालिका– ७ को आयोजनामा भएको प्रतियोगितामा मनास्लुका संगम तामाङ सर्वोत्कृष्ट खेलाडी भएका छन् । मनास्लुका विमल तामाङ उत्कृष्ट खेलाडी, बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर, मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक तथा क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित भए ।

सबैले जनही २५ सय रुपैयाँ पाएका छन् । एन्फाका उपाध्यक्ष विराटजंग शाही र आयोजक वडा– ७ का अध्यक्ष विमलकुमार होडालगायतले विजेतालाई पुरस्कृत गरे । सेभेन ए साइडस्वरूपको नकआउट प्रतियोगितामा १९ टिम सहभागी थिए ।

See More On

सुझावित समाचार