बुढानीलकण्ठमा यामाहाको नयाँ सोरुम सञ्चालनमा

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

 यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालीटार, गणेश चोकमा थ्रिएस सोरुम ‘ह्विलिस ग्यालोर प्रालि’ सञ्चालनमा ल्याएको छ । उक्त सोरुमको उद्घाटन बागमती प्रदेशका यातायातमन्त्री जयराम थापाले गरेका हुन् । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, तथा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सिइओ दीपककुमार अग्रवाललगायतको उपस्थिति थियो ।

नयाँ सोरुममा बिक्री, सेवा र स्पेयर पार्टस् एउटै छानामुनि उपलब्ध हुनेछन् । यो सेवाले बुढानीलकण्ठ तथा आसपासका राइडरलाई आवश्यक सबै सेवा एउटै स्थानमा सहज रूपमा प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ह्विलिस ग्यालोरले ग्राहकलाई सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।

बुढानीलकण्ठ सोरुमले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउँदै लगेको कम्पनीको भनाइ छ । यसले स्थानीय राइडरलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेन्युइन स्पेयर पार्टस् र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ । एमएडब्लू राइड्सअन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ । 

See More On

सुझावित समाचार