बार्सिलोना ला लिगाको उपाधिनजिक

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

स्पेनिस क्लब बार्सिलोना स्पेनिस ला लिगको उपाधिनजिक पुगेको छ । लिगअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले ओसासुनालाई २–१ ले हराउँदै शीर्ष स्थानमा स्पष्ट १४ अंकको अग्रता लिएको छ ।

बार्सिलोनाले ३४ खेलबाट ८८ अंक जोडेको छ । बार्सिलोनालाई उपाधि हात पार्न एक जित आवश्यक छ । बार्सिलोनाले २९ जित र एक बराबरी खेलेको छ । उसले चार खेलमा हारको सामना गरेको छ । दोस्रो स्थानको रियल म्याड्रिडले ३३ खेलबाट ७४ अंक बनाएको छ । लिगमा रियलले २३ जित र पाँच बराबरी गर्दा पाँच खेलमा हार व्यहोरेको छ ।

 ओसासुनाको घरेलु मैदान स्टाडियो एल सदारमा रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले समान एक गोल गरे । ओसासुनाका राउल गार्सियाले गोल फर्काएका थिए । खेलेको ८१औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनालाई १–० को अग्रता दिलाए । खेलको ८६औँ मिनेटमा टोरेसले टोलीलाई २–० को स्थितिमा राखे । खेलको ८८औँ मिनेटमा गार्सिलाले ओसासुनालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । हारसँगै ओसासुना ३४ खेलमा ४२ अंकका साथ १०औँ स्थानमा छ ।

सुझावित समाचार