पछिल्ला वर्षहरूमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को तुलनामा रेमिट्यान्स आय उच्च दरमा बढेको देखिएको छ । पाँच वर्षयता जिडिपीको तुलनामा रेमिट्यान्स आय ६३.१५ प्रतिशतले बढेको कार्यालयको तथ्यांक छ । आर्थिक वर्ष ०७८/७९ मा जिडिपीको तुलनामा रेमिट्यान्स आय २०.२४ प्रतिशत रहेको थियो । चालू आवमा भने जिडिपीको तुलनामा रेमिट्यान्स ३३.०२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसबिचमा जिडिपीसँगको तुलनामा रेमिट्यान्स आय १२.७८ विन्दु प्रतिशतले बढेको देखिन्छ ।
चालू आवको आठ महिनामा विप्रेषण आप्रवाह १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँबराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनमा यो ३७.७ प्रतिशतले बढी हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.० प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोडबराबर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले बढेको थियो ।