मेटलाइफ नेपालले जुम्लामा औपचारिक रूपमा सेवा विस्तार गरेको छ । यो सेवा नेपालको दुर्गम तथा सेवा अभाव भएका क्षेत्रमा वित्तीय सुरक्षा र बिमा सेवाको पहुँच विस्तार गर्ने कम्पनीको प्रतिबद्धताको एक हिस्सा रहेको बताइएको छ ।
कम्पनीका अनुसार स्थापना गरिएको कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीयस्तरमै रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । ‘जुम्लाका बासिन्दाले सामना गर्ने विभिन्न चुनौती, पूर्वाधार तथा वित्तीय सेवाको दूरीलाई ध्यानमा राखेर मेटलाइफले एजेन्सी कार्यालय स्थापना गरेको हो,’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ । यो पहलले स्थानीयलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माणका लागि सहयोग पुर्याउन व्यावहारिक उपकरण र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको पनि बताइएको छ ।
जुम्लाका समुदायलाई थप सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उmच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यो सहयोगले विद्यार्थीलाई आकर्षक र अन्तर्त्रियात्मक सिकाइ वातावरण प्रदान गर्ने बताइएको छ । साथै, शिक्षकलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पुर्याएको कम्पनीको भनाइ छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘मेटलाइफको जुम्ला एजेन्सी कार्यालय सञ्चालनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।’ उनले बिमामा पहुँच विस्तारका साथै युवाहरूमा आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न पनि कम्पनी केन्द्रित रहेको बताए ।