आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घटन खेलमा बिहीबार आयोजकको टोली र बागमती युथ भिड्ने भएका छन् । १८ वैशाखमा त्रिभुवन आर्मीले बाराको नवजनजागृति क्लबविरुद्ध प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यसैगरी १९ वैशाखमा नेपाल एपिएफ र चित्लाङ एफसीबिच खेल हुनेछ ।
२० वैशाखमा बाई पाएको ललितपुरको चर्च ब्वाइजले आयोजक र बागमती युथ क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको सेमिफाइनल २३ र २४ वैशाखमा हुनेछ । २६ वैशाखमा गोल्डकपको फाइनल हुनेछ ।