एनआइसी एसियाका ग्राहकलाई एभरेस्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंक लिमिटेड र एभरेस्ट हस्पिटल प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र एभरेस्ट हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दीपकचन्द्र बरालले हस्ताक्षर गरेका हुन् । 

यससँगै बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा रहेको एभरेस्ट हस्पिटलका सेवा लिएर डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन् । यो छुट आउटसोर्स सेवा, डाक्टर परामर्श र एम्बुलेन्स शुल्कमा लागू हुनेछैन ।

साथै, ग्राहकले अपरेसनमा पाँच प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट सहुलियत प्राप्त गर्नेछन् । यो सुविधा उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट, क्रेडिट वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत हुनुका साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

See More On

सुझावित समाचार