नेपाल र युएईबिचको दोस्रो खेल आज

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल र युएईबिच जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल आज हुँदै छ। खेल कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।

सोमबार सम्पन्न पहिलो खेलमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिएको नेपाल युएईसँग पराजित भएको थियो। त्यसको बदला लिने लक्ष्यसहित नेपाल आज दोस्रो खेल खेल्दै छ।

नेपालको टिममा कप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल समावेश छन्। वैकल्पिक खेलाडीका रूपमा प्रतिस जिसी, नारायण जोशी र रसिद खान रहेका छन्।

नेपालले पहिलोपटक टी–२० र एकदिवसीय क्रिकेटका लागि फरक–फरक कप्तानको अभ्यास गरेको हो। यसक्रममा रोहित पौडेल, सोमपाल कामी र करण केसीजस्ता खेलाडीहरू टी–२० टोलीबाट बाहिर रहेका छन्।

सुझावित समाचार