यामाहा ब्लु फेस्टअन्तर्गत ‘ब्लु कोड नयाँ वर्ष योजना’अन्तर्गत विजेता घोषणा गरिएको छ । यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले भृकुटीमण्डपमा सञ्चालन गरेको यो योजनामा उमेश थापामगरले पाँच लाख नगद जितेका छन् । उनले एक्सचेन्ज सेगमेन्टअन्तर्गत रेजेडआर–१२५ फाई हाइब्रिड सवारीसाधन खरिद गरेका थिए ।
कम्पनीका अनुसार कार्यक्रम सुरु भएयता ब्लु फेस्टमा मोटरसाइकल पारखी, परिवार तथा खरिदकर्ताको उल्लेखनीय सहभागिता रह्यो । आगन्तुकले यामाहाका उन्नत हाई–टेक मोटरसाइकल र स्कुटर अवलोकन गर्दै उत्साहपूर्ण र रमाइलो वातावरणको आनन्द लिए ।
अन्य विजेतामा नवीना शर्मा, अरविन्द गुप्ता र आवास चौधरी रहेका छन् । उनीहरूले क्रमशः एक लाख, ५५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै अन्य धेरै ग्राहकले पनि आकर्षक पुरस्कार जितेको कम्पनीले जनाएको छ । खरिदकर्ताले पाँच लाखसम्म क्यासब्याक, अधिकतम ४० महिनासम्मको सहज इएमआई सुविधा तथा अन द स्पट फाइनान्सिङ सेवाको लाभ लिएका छन् । यसले खरिद प्रक्रियालाई सहज र सुविधाजनक बनाएको कम्पनीले जनाएको छ ।