प्रभु बैंक र नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालिबिच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका मार्केटिङ म्यानेजर सबिनशमशेर जबरा राणा र मर्कन्टाइलका कार्यकारी निर्देशक सुरज क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।
यससँगै बैंकका कर्मचारीले एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा १८ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, ग्राहकले एसर ल्यापटपलगायत एप्सन प्रिन्टरमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउmनेछन् ।
त्यसैगरी, त्रेडिटकार्ड प्रयोगकर्ताले भने इन्स्टा–पेबाट किस्ताबन्धी सुविधा पनि पाउने सम्झौतापत्रमा उल्लेख गरिएको छ । बैंकले देशभर फैलिएका तीन सय १२ शाखा सञ्चालन, दुई ८५ एटिएम र ६८ एक्सटेन्सन काउन्टरमार्पmत वित्तीय सेवा दिँदै आइरहेको छ ।