पहिलो खेलमा नेपालको हार

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण

आइसिसी महिला टी–२० आई च्यालेन्ज ट्रफीमा शनिबार नेपाल पहिलो खेलमै अमेरिकासँग ४४ रनको पराजित भएको छ । अमेरिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनायो ।

प्रत्युत्तरमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ७९ रन बनायो । नेपालको ब्याटिङ निकै कमजोर रह्यो । कुनै पनि ब्याट्सम्यानले ठूलो ठूलो इनिङ्स खेल्न सकेनन् ।

बिन्दु रावलले मात्र ४५ बलमा २७ रनको सर्वाधिक योगदान दिएका थिए । कविता जोशीले ११ रन बनाइन् । अमेरिकाका बलर माही माधवन र तरणुम चोपराले समान दुई विकेट लिए ।

नेपालले सोमबार इटालीको महिला टोलीसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाको ब्याटिङमा पूजा गणेशले ४९ बलमा ४७ रन बनाइन् । नेपालको बलिङमा मनीषा उपाध्यायले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । 

सुझावित समाचार