सुनको मूल्य एकै दिन ७२ सयले बढ्यो

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको हो।

यससँगै, आज सुन खरिद गर्दा उपभोक्ताले प्रतितोला दुई लाख ९९ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ पुगेको छ, जुन हिजो चार हजार ८२० रुपैयाँ थियो।

सुझावित समाचार