पश्चिम एसिया (मध्यपूर्व)मा एक महिनादेखि जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा देखिएको असहजतापछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि नै खुल्ने निर्णय गरेको छ । यो नियम सोमबारदेखि नै लागू भइसकेकाे छ ।
मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि नै खुल्ने निर्णय गरेसँगै कर्मचारीहरू ९ बजे अगावै कार्यालय पुग्ने गरेका छन् । याेसँगै सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णयसमेत गरेको छ ।
अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबारकाे साथै आइतबार पनि बिदा हुने भएको हो । यसले पेट्रोलियम पदार्थको खपत कम गर्ने र असहजता नबढ्ने सरकारको अपेक्षा छ ।
मध्यपूर्वमा चलिरहेको युद्धका कारण इन्धन आपूर्ति प्रभावित बनेको छ । भविष्यमा आपूर्ति घट्न सक्ने भएकाले सरकारले खपत घटाउने नीति लिएको हाे । दुई दिन बिदा दिँदा इन्धन खपत घट्ने आकलन छ ।





